काठमाण्डाैंः मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका-१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार चेकजाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र पछाडि बस्ने धरान-१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो ।
प्रहरीले मानिस, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया