मंग्सिर १, २०८२ सोमबार November 17, 2025

एमाले कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको झलनाथ खनालको आरोप

समाजवाद प्राप्तिको एउटा आधारशिला एकीकृत समाजवादीले तयार गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन् ।

आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेको आखिर मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि उसैको बुई चढेर हिँडिरहेको बताए । विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने उल्लेख गरे । क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको उनको धारणा थियो । उनले समाजवाद प्राप्तिको एउटा आधारशिला एकीकृत समाजवादीले तयार गर्नुपर्ने स्पष्ट पारे ।

“अहिले एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही गर्‍यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ की जस्तो लागेको छ । अब क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्छ,” उनले भने ।

खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार