असार २४, २०८२ मंगलबार July 8, 2025

पूर्व शिक्षक विन्देश्वर सिंहको सवारी दुर्घटनामा मृत्यु

सिंह ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही, फागुन १० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्व शिक्षक विन्देश्वर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

भारतको प्रयागराजमा जारी महाकुम्भ स्नानका लागि भैरहवा हुँदै भारततर्फ जाने क्रममा भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको मृत्यु भएको हो । सिंह ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो ।

ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर रहेको सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बसोबास गर्दै आएको थियो । सिंह श्रीमतीसँगै अन्य आठ जनासहित कुम्भमेलाका लागि दुुई दिनअघि भैरहवा नाका हुँदै भारततर्फ लाग्नुभएको थियो ।

सवारी दुर्घटनामा उहाँको मृत्यु भए पनि अन्य व्यक्ति सकुशल नै रहेका जानकारी आएको पारिवारिक स्रोतले जनाएको छ । सिंहको शव घर ल्याउने पहल भइरहेको बुझिएको छ ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले पूर्व प्रधानाध्यापक सिंहको निधनमा दुःख व्यक्त गर्दै नगरले एक बौद्धिक व्यक्ति गुमाएको उल्लेख गर्नुभएको छ । सर्लाहीबाट अहिले पनि ठुलो सङ्ख्यामा मानिसहरू महाकुम्भ स्नानका लागि जाने–आउने क्रम जारी नै रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार