असार २२, २०८२ आइतबार July 6, 2025

परिवर्तन विरोधी शक्ति सक्रिय भए : अध्यक्ष दाहाल

उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा केही निराशा बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरूप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताएका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले परिवर्तन विरोधी शक्तिबाट गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्र भइरहेको बताए । जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि भएको चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा केही निराशा बढेको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, “परिवर्तन विरोधी शक्तिहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्रप्रति हामी सचेत हुन जरुरी छ ।”

राष्ट्रको विकासको मेरुदण्ड शिक्षा भएको उल्लेख गर्दै उनले शिक्षित र दक्ष जनशक्तिले राष्ट्रको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा अध्यक्ष दाहालले विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको उनको सचिवालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीका अनुसार सो विद्यालयमा हाल एक सय १२ छात्र र एक सय ३५ छात्रा अध्ययनरत छन् ।

गत वर्षको कक्षा १२ को परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएका थिए । सो अवसरमा जग्गादाता र विद्यालयका संस्थापकहरूलाई सम्मान गरिनुका साथै विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार