काठमाडौंः प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
आज दिउँसो १ बजे संघीय संसद भवन वानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा विधेयक-२०८१ र नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक२०८१ प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको छ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आमसञ्चार परिषद् विधेययक-२०८१ माथि विचार गरियोस भनी प्रस्ताव गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया