काठमण्डाैंः बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका– ७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
लोधलाई भे१प २८८४ नंको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।
पक्राउ गरिएको जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया