असार २२, २०८२ आइतबार July 6, 2025

‘महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे

पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरे।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख गरे। महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआरधना र तपस्या गरी मनाइन्छ ।

महाशिवरात्रिको विशेष महत्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव–पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।

सभामुख घिमिरेले भनेका छन्, “नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको धनी राष्ट्र हो, यहाँ रहेका मठमन्दिर, पर्व–उत्सव र परम्पराले नेपाली सभ्यतालाई विशिष्टता प्रदान गरेका छन्, महाशिवरात्रि पनि हाम्रो संस्कृति र परम्परासँग अभिन्न रूपमा गाँसिएको पर्व हो ।”

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर महाशिवरात्रिका अवसरमा लाखौँ भक्तजनको गन्तव्य बन्ने गरेको छ । पशुपतिनाथमा भगवान् शिवलाई पशुपति अर्थात् सम्पूर्ण जीवहरूको स्वामीको रूपमा पूजा गरिन्छ । यस अवसरमा पशुपतिनाथ क्षेत्रमा महादेवका भक्तहरूले विशेष आराधना, रुद्राभिषेक, जाग्राम, भजनकीर्तन तथा ध्यान साधना गरेर शिवभक्ति अभिव्यक्त गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार