श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रसुवागढी नाका जोड्ने एक मात्र सडक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वर्षासँगै आएको पहिरोले सडक भासिएपछि रसुवागढी नाका जोड्ने एक मात्र सडक अवरुद्ध भएको छ ।

बर्षायाम सुरु भएसँगै रसुवागढी नाका जोड्ने सडकखण्डको विभिन्न स्थानमा पहिरो गएपछि सडक अबरुद्द भएको हो । रसुवाको पासाङ ल्हामु सडक खण्ड अन्तर्गत धुन्चे–स्याफ्रुबेसी खण्डको भार्खु डाँडामा भासिएको सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय नुवाकोटले स्काभेटरको प्रयोग गरी काम सुरु गरेको छ ।

सडक डिभिजन कार्यालय नुवाकोटले भासिएको सडकमा कुनाबाट नयाँ ट्रयाक खोल्ने काम सुरु गरेको हो । करिब पचास मिटर सडक भासिएको क्षेत्रमा तार जालीको प्रयोग गरी ग्याभिन समेत लगाउनु पर्ने भएकाले दोहोरो आवत जावत गर्न करिब एक साता लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडक पहिरोकै कारणअसारको अन्तिम साताबाट बन्द भएको छ । नाका जोड्ने सडक अवरुद्ध हुँदा अहिले नाकाबाट सामान लिएर गन्तव्यमा जान लागेका कन्टेनरहरु बिचमै रोकिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार