असार २७, २०८२ शुक्रबार July 11, 2025

सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई कांग्रेसको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ ।

बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।

संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल हुन्छ । शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया