असार २७, २०८२ शुक्रबार July 11, 2025

राप्रपा नेपालले डाक्यो कार्यसम्पादन समितिको बैठक

फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राप्रपा नेपालले केन्द्रित कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो समय बिकसित घटनाक्रम , आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समिक्षा हुने स्रोतले बतायो ।

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिबसको अबसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै  महत्वकासाथ बैठकमा छलफल हुने समेत बताईएको छ।

पूर्वराजाको सन्देश पश्चात  पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिदै सबै राजाबादी हिन्दुबादी र संघीयता बिरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिईरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया