असार २७, २०८२ शुक्रबार July 11, 2025

आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने डा. महतको घोषणा

कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन्। उनले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे।

शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। उनले नुवाकोट लगायत देशभर कांग्रेस नेतृत्वमै धेरै विकास भएको स्मरण गराउँदै आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणा समेत गरे।

महतले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गरे। ‘मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरें। अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु।’ उनले घोषणा गरे।

उनले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्दै, पार्टीका नेताकार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार