असार २७, २०८२ शुक्रबार July 11, 2025

सरकारले ल्याएको अध्यादेशमा सहमत छैन : कांग्रेस नेता रिजाल

अहिलेसम्म गठबन्धन बिना एउटै पार्टीले बहुमत ल्याउन नसक्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको अध्यादेशमा आफू व्यक्तिगत रूपमा सहमत नभएको बताउनुभएको छ। पोखरामा जारी लिट्रेचर फेस्टिभलमा बोल्दै उहाँले सरकारले ल्याएको अध्यादेशको आलोचना गर्नुभयो।

उहाँले भन्नुभयो,‘अध्यादेश आउनै हुँदैन भन्ने होइन, तर अहिले आएको अध्यादेशमा व्यक्तिगत रूपमा सहमत छैन। यो गलत छ। ठूलो पोको आएको छ अध्यादेशमा।’

रिजालले संविधान पूर्ण नभएकाले संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान बनेपछिको ९ वर्षमा पार्टी सभापति शेरबहादुर देउवा, अहिलेको प्रधानमन्त्री केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डको वरिपरि नै राजनीति घुमिरहेको छ। अहिलेसम्म गठबन्धन बिना एउटै पार्टीले बहुमत ल्याउन सक्ने देखिएको छैन। त्यसैले संविधान संशोधन आवश्यक छ।’

संविधान संशोधनबारे छलफल अघि नबढेपछि कांग्रेस र एमालेले सत्ता निर्माणका लागि मात्रै भन्दै आएको चर्चा हुन थालेको रिजालले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया