नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २–३ दिनमा संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बन्ने खुलासा गरेका छन् ।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनले नेपालगञ्जमा आयोजना गरेको ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संयन्त्र बनेपछि संविधानको संशोधन गर्नुपर्ने विषयबारे छलफल गरिने बताए ।
सुरुमा कांग्रेस र एमालेबीच छलफल भए पनि सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरेर अगाडि बढ्ने उनले बताए । निर्वाचन प्रणाली, संघ, प्रदेश र स्थानीय तहको अधिकारको विषय, सुशासन कायम गर्ने कुरा, एक व्यक्ति २ पटक मात्रै प्रधानमन्त्री हुने विषय संशोधनको विषय बन्न सक्ने बताए ।
संविधान कार्यान्वयनसँग जोडिएका ४० भन्दा बढी कानून बनाउनुपर्ने र त्यति नै संख्यामा खारेजी गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकतामा राखेको उनले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया