असार २७, २०८२ शुक्रबार July 11, 2025

माओवादी केन्द्र इनरुवा नगर अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित

उपाध्यक्षत्रयमा शंकर सापकोटा,मुक्तार आलम र राजकुमार उराँव चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा, फागुन १८ गते । नेकपा (माओवादी केन्द्र) इनरुवा नगर कमिटिको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नगर अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित हुनुभएको छ । पौडेलको अध्यक्षतामा ४७ सदस्य नगर कार्यसमिति चयन भएको हो ।

अधिवेशनको बन्द सत्रले नगर उपाध्यक्षत्रयमा शंकर सापकोटा,मुक्तार आलम र राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचिवमा गङ्गाराम खत्वे र कोषाध्यक्षमा लिला दाहाललाई चयन गरेको पार्टीले जनाएको छ । अधिवेशनको उद्घाटन सत्र फागुन १५ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।

निवर्तमान इनरुवा नगर अध्यक्ष तोया गिरीले नगरमा पार्टीलाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारमुक्त नगर बनाउन पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारीहरुलाई पार्टीका नेता ओके दाहाल, रमेश भट्टराई सहितले बधाई तथा शुभकामना सहित सपथ ग्रहण गराउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया