श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गण्डकी प्रदेशमा जोरबिजोर प्रणाली लागु नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीवारदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ ।

सरकारले २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को संख्यामा सक्रिय संक्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय संक्रमित नरहेको जानकारी दिए ।

निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब संकलन गरिएको  छ । तीमध्ये २४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ ।  गण्डकी प्रदेशमा बिहीवारसम्म कोरोना संक्रमितको संख्या एक हजार ५६६ पुगेको छ । प्रदेशमा हालसम्म चार जनाको कोरोनाको कारण मृत्यु भएको छ ।  संक्रमितमध्ये एक हजार ३६२ निको भएका छन् ।

यसैगरी क्वारेन्टाइनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ जना रहेका छन् । प्रदेशमा हालसम्म भारतबाट १२ हजार २९१ र तेस्रो मुलुकबाट पाँच हजार १०४ जना आएको तथ्यांक छ । प्रदेशमा बिहीवार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिनेहरुमा कास्कीमा एक, पर्वतमा एक, गोरखाका छ र नवलपुरका तीन जना रहेका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

जनस्वास्थ्यको मापदण्डानुसार २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीवारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार २०० जनाभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २०० जना सक्रिय कोरोना संक्रमित नभएकाले जोरबिजोर प्रणाली लागू नहुने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार