असार २६, २०८२ बिहिबार July 10, 2025

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्छ :

प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याइरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी, २० फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले वर्तमान सरकार गठन हुँदा दुई दलबीच संविधान संशोधनको बिषयमा सात बुँदे सहमति भएकाले सरकारमा सहभागी दलहरु इमान्दारिताका सो प्रक्रियामा अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले संविधान संशोधनका लागि सरकारमा सहभागी दलसहितको समिति बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिले देशमा दुई ठूला दल मिलेर सरकार गठन हुनुको कारण देशमा देखिएको अस्थिरता हटाउनु हो । जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधन गर्न सरकार गठन भएको हो”, नेता केसीले भन्नुभयो, “सरकारमा रहेका, नरहेका सबै दलसँग छलफल गरेर सहमतिपूर्ण निस्कर्ष निकाल्नु पर्छ ।”

नेता केसीले नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताउनुभयो । उहाँले सकेसम्म आगामी २०८२ सालभित्र र नभए २०८४ सालको चुनाव अघि महाधिवेशन हुनुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया