काठमाडौँ, २० फागुन : नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
विसं १९८१ पुस ८ गते जन्मनुभएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उहाँ २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री हुनुभएको थियो । विसं २०१५ मा भट्टराई संसद्को सभामुख रहनुभएको थियो ।
सन्तनेता भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिनुहुन्छ । पञ्चायतकालमा उहाँ सुन्दरीजल बन्दीगृहमा लामो समय बिपी कोइराला र गणेशमान सिंहका साथमा बस्नुभएको थियो ।
भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज बेलुकी ६ बजे पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष लोकेश ढकालले राससलाई जानकारी दिनुभयो । यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी उहाँको स्मृति दिवस मनाउँदैछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया