असार २२, २०८२ आइतबार July 6, 2025

वातावरण संरक्षण विधेयक सर्वसम्मतिले पारित

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन २५ गते दिउँसो १ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २० फागुन : कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सो विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

सो विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुभएकी कोशी प्रदेशसभा सदस्य कमला दर्नालको प्रस्तावलाई आंशिक रुपमा मन्त्री मण्डलले स्वीकार गर्नुभएपछि उक्त प्रस्ताव सदस्य दर्नालले फिर्ता लिनुभएको थियो ।

‘कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । दफावार छलफलका लागि मन्त्री मण्डलले प्रदेशसभामा सो प्रस्ताव पेश गर्नुभएको थियो ।

कोशी प्रदेशसभा सञ्चालन नियमावली, २०७९ को अन्तिम मस्यौदाको प्रस्तावलाई प्रदेशसभा नियमावली मस्यौदा समितिमा पठाइएको छ । मस्यौदा समितिका संयोजक कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले सो मस्यौदाको प्रस्तावमाथि परेका संशोधनसहित दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

विशेष समय

प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबोले यही फागुन २१ गते नेपाल कम्युनिष्ट पार्टीका लागि अविस्मरणीय दिन हो भन्दै समाज रुपान्तरण र मानव जीवनमा परिवर्तन ल्याउन शहीदहरुको उच्च योगदान रहेको चर्चा गर्नुभयो ।

शून्य समय

यस्तै प्रदेशसभाको शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु राजन किराँती, गोम्बु शेर्पा, इस्राइल मन्सुरी, गणेशप्रसाद उप्रेती, विनोद राई, यशोदा कायस्थ र निरादेवी खनालले मुलुकको समसामयिक विषयमा बोल्नुभएको थियो ।

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन २५ गते दिउँसो १ बजे बस्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार