असार २२, २०८२ आइतबार July 6, 2025

प्रतिनिधिसभा बैठक बस्दै, पाँचवटा अध्यादेश निर्णयार्थ पेस हुने

सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २१ फाल्गुन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बुधबार दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ र  ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’,  र  ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’  पनि स्वीकृतिका लागि निर्णयार्थ पेस गरिनेछ ।

सरकारले ६ वटा अध्यादेश ल्याए पनि जसपा, नेपाल र लोसपा विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले रोकेर अन्य पाँच अध्यादेश निर्णयार्थ पेस गर्न लागेको हो ।

यसअघि गत २४ माघको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखे पनि पछि हटाइएको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले अध्यादेश अगाडि बढाउन लागेको हो । यसैबीच, प्रमुख सत्तारुढ दल  कांग्रेस र एमालेले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार