असार २६, २०८२ बिहिबार July 10, 2025

राप्रपाको पूर्वनिर्धारित आमसभा स्थगित : पूर्वराजाको स्वागतमा उत्रिन आह्वान

काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई भव्य बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं, २१ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जान पूर्वनिर्धारित आमसभा नै स्थगित गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गरेको हो।

बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै फागुन २५ गते काठमाडौंमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया