असार २६, २०८२ बिहिबार July 10, 2025

नेकपा एसका स्याङ्जा अध्यक्ष गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ

५१ वर्षीय गिरी कास्की जिल्ला अदालतको आदेशपछी प्रहरी फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्याङ्जा । नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया