असार २२, २०८२ आइतबार July 6, 2025

भाइको हत्या अभियुक्त पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खलङ्गा (दार्चुला), २३ फागुन : भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गत शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुनाकाबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको जनाएको छ । बैतडीबाट आएका सादा पोशाकका प्रहरीसहितको सहयोगमा विष्टलाई पक्राउ गरिएको प्रनाउ दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए । मोबाइल लोकेसनका आधारमा पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । लेनदेनका विषयमा विवाद हुँदा विष्टले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेको अभियोग छ । कर्णबहादुर विष्टले सुरेन्द्रलाई रु ४० हजार तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार