काठमाडौँ, २३ फागुन : ‘राष्ट्रिय सुरक्षा परिषद्’ को आर्थिक वर्ष २०७९/८० को छैटौँ प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को सातौँ प्रतिवेदन सभासमक्ष पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विशेयक २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्”, भन्ने प्रस्वाव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सम्मसम्मतिले स्वीकृत भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २५ गते आइतबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया