असार २२, २०८२ आइतबार July 6, 2025

कोशी प्रदेश सभाबाट विधेयक पारित

प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न २ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयकमा संशोधनका प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता नभएका र प्रदेश सभा सदस्यहरूले दफावार छलफलमा पनि भाग नलिएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस रेका थिए । उक्त प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

यसअघि प्रदेश सभाको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सही ढंगले जनतालाई सेवा प्रवाह गर्न नसकेको आरोप लगाए ।

उनले संघीय सरकारले दिने अनुदानमा भारी रकम कटौती भएकामा प्रदेश सरकार आफ्ना अधिकार खोज्न असफल भएको उल्लेख गर्दै पुँजीगत र चालु खर्चको फेहरिस्त हेर्दा प्रदेश सरकार निकै कमजोर अवस्थामा देखिएको टिप्पणी गरे ।

नेता आङ्बोले राजनीतिक स्थिरता कायम गर्न, संविधान संशोधन गर्न र मुलुकको आर्थिक अवस्था सुधार गर्न बनेको दुई दलको गठबन्धन पनि आफ्ना काममा असफल भएको आरोप लगाउँदै मुलुकको अर्थ सङ्कुचन भएकाले नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

विशेष समयमै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले २०५९ फागुन २४ गते सङ्खुवासभामा मालपोत, कृषि विकास बैंक र नापी शाखामा तत्कालीन विद्रोही माओवादीबाट गरिएको आगजनीका कारण बैंकमा धितोका रूपमा राखेको जनताका जग्गाका सबै प्रमाण जलेर खरानी भएको अवस्थामा अहिलेसम्म पनि पीडितले जग्गाको प्रमाणपत्र नपाउनु दुःखको कुरा भएको बताए ।

प्रमुख सचेतक लिङ्थेपले ३० हजार हेक्टर जग्गाभन्दा बढीका प्रमाणपत्र जलेर खरानी हुनु र २०७६ सालदेखि सुरु भएको नापीअनुसार छ हजार हेक्टर जग्गाको मात्र नाप नक्सा भएको कुरा प्रदेशसभा बैठकमा उठाए । पीडित परिवारलाई सक्दो चाँडो प्रमाण पुर्जा दिन उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

यस्तै प्रदेश सभाको शून्य समयमा प्रदेशसभा सदस्यहरू गणेशप्रसाद उप्रेती, मीना श्रेष्ठ, किशोरचन्द्र दुलाल, राधाकृष्ण खनाल, गीतादेवी रेग्मी, सुनिताकुमारी गुरुङ, प्रेमराज थाम्सुङ र होमबहादुर थापाले प्रदेशका जल्दाबल्दा विषयमा बोलेका थिए ।

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न २ बजे बस्नेछ । र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार