असार २६, २०८२ बिहिबार July 10, 2025

वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको माओवादीको निष्कर्ष

संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ।

माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको हो।

प्रतिगामीहरु सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए। उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको बताए।

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताए।

उनले अहिलेको संविधान र व्यवस्थाप्रति केही प्रश्न उठेपनि त्यसको समाधान समेत रहेको दाबी गरे। बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरुमा माओवादीले शसक्त भूमिका निर्वाह गर्ने र जनताका समस्याहरुलाई उजागर गर्ने निर्णय गरेका प्रवक्ता सापकोटाले बताए। उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उल्लेख गरे।

त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने जानकारी दिए। बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समीक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरको उनले बताए। हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुन सुरु गर्ने माओवादीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार