काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
अहिले केहीबेरमा बस्नेगरि सचिवालय बैठक डाकिएको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादी आन्दोलनको तयारीमा छ । आज बैठक बस्ने र चैत १ गते आन्दोलन घोषणा गर्ने उसको तयारी छ ।
आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया