श्रावण ६, २०८२ मंगलबार July 22, 2025

काँग्रेसको कोरोना अनुगमन समितिद्वारा नेपाल चिकित्सक संघका प्रतिनिधिसँग छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसको कोरोना अनुगमन समितिले कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा नेपाल चिकित्सक संघका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

शुक्रबार कांग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महत नेतृत्वको समितिले संघका पदाधिकारी र प्रतिनिधिहरूसँग कोरोनाभाइरसको संक्रमणका विषयमा छलफल गरेको हो ।

मेडिकल एसोसिएशन र कोरोना अनुगमन समितिको शुक्रबारको छलफलले सरकार पूर्व तयारीका सवालमा चुकेको निस्कर्ष निकालेको छ ।

छलफलमा परीक्षणको दायरा बढाउनु पर्ने, आइसोलेशन बेर्ड र भेन्टिलेटरसहित कोभिड अस्पतालको संख्या बढाउनुका साथै सीमा नाका भएर आउनेहरुको स्वास्थ्य व्यवस्थापनको उचित प्रवन्ध गर्नेपर्नेमा छलफलका सहभागीहरुले काँग्रेस समितिलाई सुझाब दिएका छन् ।

डा. महतले सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री नै बेसार खाएर कोरोना सकिन्छ भन्ने जस्ता हल्का टिप्पणीमा लाग्नु दुःखद् भएको बताए । उनले स्वास्थाकर्मी र विज्ञहरूले पहिलेदेखि नै सजक गराएका विषयहरू सरकारले गम्भीर रुपमा नलिएका कारण अहिलेको अवस्था आएको बताए ।

उक्त छलफलमा समिति संयोजक डा. प्रकाशरण महत, सदस्यहरु एनपी साउद, चन्द्र भण्डारी, नैनसिंह महर लगायत सहभागी थिए भने मेडिकल एसोसिएशनका अध्यक्ष लोचन कार्की सहितका पदाधिकारीको सहभागीता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार