असार २२, २०८२ आइतबार July 6, 2025

सरकारको उपस्थिति नभएपछि प्रतिनिधि सभा बैठक स्थगित्

सभामुखद्धारा १५ मिनेटको लागि बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ फागुन । प्रतिनिधि सभाको बैठक सुरु भएको ४ मिनेटमै स्थगित भएको छ ।

सरकारको कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सुरु हुनेवित्तिकै विरोध जनाएका थिए । प्रमुख सचेतक पाण्डेले प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार बैठक तुरुन्त बन्द गर्न माग गरे ।

‘सरकार सदनलाई हेपिरहेको छ । हामी जनप्रतिनिधिहरुलाई हेपिरहेको छ । हरेक कुरामा हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन । अहिले सदन चलिरहेको छ, सरकारको प्रतिनिधि कोही पनि छैनन् । हामी समितिहरुमा, उपसमितिहरुमा बैठकमा जान्छौं, प्रतिपक्षी दल उपस्थित हुन्छ । तर, प्रतिपक्षी दल उपस्थित हुँदैन । यसैले यो बैठक चल्दैन । सरकार नभइ हाम्रो नियमावलीको व्यवस्थाअनुसार, अभ्यासअनुसार तुरुन्त बन्द गरियोस्,’– उनले भने ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेको मागअनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिर्वाय हुनुपर्ने भएकाले १५ मिनेटको लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार