कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने – प्रचण्ड

होलीलगायत हाम्रा मौलिक पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताउनुभएको छ ।

आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले होलीलगायत हाम्रा मौलिक पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने बताउनुभएको छ ।

शुभकामनामा अध्यक्ष दाहालले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।

“रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं सम्मिलनलाई प्रतिनिधित्व गर्दछ,” अध्यक्ष दाहालले भन्नुभएको छ,“अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो, यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार