बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने : अध्यक्ष लिङ्देन

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आफूहरूले अहिलेसम्मै ठुलो जनसागर देखेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौबाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।

उनले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बिचमा सहमति कायम गरेर राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनालाई हुने भन्दै आफूहरू दलहरू सबै अटाउने प्रजातन्त्रसहितको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आफूहरूले अहिलेसम्मै ठुलो जनसागर देखेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया