असार २५, २०८२ बुधबार July 9, 2025

उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: काठमाण्डौं लगायत उपत्यकाका तीनवटै जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेश व्रिफिङ्गका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले राजधानीका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको  बताएका हुन्।

संक्रमितमध्य काठमाडौंका ५६ जना, भक्तपुर र ललितपुरका ३-३ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार  कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार २ सय रहेका छन्।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९९ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३ सय १३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया