असार २६, २०८२ बिहिबार July 10, 2025

एमालेको सचिवालयको बैठक आज बस्दै

विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु हुने बताइएको छ ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल हुने बुझिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया