काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले चैत्र १५ गते समाजवादी मोर्चाले गर्ने कार्यक्रममा हजारौँ मानिसहरु उपस्थित गराउन प्रयत्न गर्ने भएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको स्थायि कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष जगन्नाथ खतिवडाले हजारौँ मानिस उतार्नका लागि विभिन्न प्रयत्न गरिरहेको बतउनु भयो ।
जनप्रदर्शनलाई सशक्त ढंगले सफल बनाउनेतिर अग्रसर रहेको बताउनु भयो । तथाकथित राजावादीहरुले गरेका गतिविधिहरु खण्डन गर्ने र जनता गणतन्त्रवादीतर्फ नै रहेको जिकिर गर्नुभयो ।
उहाँले लोकतन्त्रलाई सुधार गर्न सकिने तर परिवर्तन गर्न नसकिने जनताको आवाव आफूहरुले उठाउन प्रदर्शन गरिरहेको बताउनु भयो ।
कम्तिमा ६० हजार र त्यहाँ भन्दा बढी एक लाखसम्म कार्यकर्ता आन्दोलनमा उतार्ने बताउनु भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया