असार २२, २०८२ आइतबार July 6, 2025

प्रतिनिधिसभा बैठक : निजीकरण (पहिलो संशोधन) विधेयक बहुमतले पारित

देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने सांसदहरुको टिप्पणी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ पारित भएको छ। सभाको आजको बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको उपसभामुख इन्दिरा रानाले घोषणा गरिन्।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘निजीकरण (पहिलो संशोधन विधेयक),२०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

यसअघि विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताए।

उनले कमजोर क्षमतामा चलेका, रुग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानहरुलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्नका लागि निजीकरणलाई एकमात्र विकल्पका रुपमा लिनु हुँदैन भन्ने संशोधनको मूल मर्म भएको बताए।

प्रतिपक्षी दलका सांसदहरुले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गरे।

सांसदहरु शक्तिबहादुर बस्नेत, चन्दा कार्की, देवेन्द्र पौडेल, जनार्दन शर्मा, प्रेम सुवाल लेखनाथ दाहाल, विमला सुवेदी, निशा डाँगी, लक्ष्मी तिवारी, नारायणी शर्मा, रामकुमार राई, ज्ञानु बस्नेत सुवेदी, छिरिङडम्डुल लामा, दुर्गा राई, मनिष झा, चित्रबहादुर केसी, हितबहादुर तामाङ, गङ्गा कार्की, उर्मिला माझी र माधव सापकोटाले विधेयकमा संशोधन प्रस्तुत गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार