विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन बिहीबार रातिदेखि अन्त्य हुने भएको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बिहीबार रातिदेखि अन्त्य गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै बिहीबाररातिदेखि अधिवेशन अन्त्य हुने जनाएको छ ।
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम ७ चैतको मन्त्रिपरिषद् सिफारिसमा बिहीबार राति १२ बजेदेखि चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया