काठमाण्डाैंः विशेष अदालतले श्रावण मसान्तसम्म थुनुवा जोडिएका मुद्दा बाहेकका अन्य मुद्दाको सुनुवाइ स्थगित गरेको जनाएको छ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले आज आईतबार एक प्रेस विज्ञप्ति जारी गरी भोली २६ साउनदेखि ३२ साउनसम्मका लागि नियमित सुनुवाइ स्थगित गरिएको जनाएका छन् ।
विशेष अदालतले कोभिड-१९ कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राखेर थुनुवा बाहेकका अन्य मुद्दाको सुनुवाइ स्थगित गर्ने निर्णय गरेको हो। मुद्दा दर्ता वा अदालतका अन्य नियमित सेवा भने यथावत सुचारु रहने अदालतले जनाएको छ।
विशेष अदालतले कोभिड-१९ संक्रमणको जोखिम न्यूनिकरण गरी सेवा प्रवाह गर्न ११ साउनमा कार्ययोजना बनाएर लागू गरेको थियो। २२ साउनमा अदालतको पहिलो पंक्तिमा कार्यरत १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको थियो, जसमा कोही पनि संक्रमित देखिएनन्।
बिशेष अदालतबाट जारी गरिएको सूचना यस्तो छः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया