काठमाण्डौंः गृह मन्त्रालयले कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै सोको रोकथाम र नियन्त्रणका लागि जोर बिजोर प्रणाली र मास्क लगाउने कार्यलाई अझ कडाइ गर्न आफ्ना मातहतका निकायमा निर्देशन जारी गरेको छ ।
त्यसैगरी देशभरका सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त रिपोर्टमा हालसम्म मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको विञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्चात सो प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ ।
यस्तो छ गृहद्धारा जारी प्रेश विज्ञप्तीको पुर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया