असार २२, २०८२ आइतबार July 6, 2025

भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड

सन् १९९३ देखि हरेक वर्ष २२ मार्चलाई विश्व पानी दिवसका रूपमा मनाइँदै आएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, चैत  ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५ (२२ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न सबैलाई प्रेरित गर्नुभएको छ।

राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष २२ मार्चलाई विश्व पानी दिवसका रूपमा मनाइँदै आएको उल्लेख छ।

नेपालमा यस वर्ष ‘हिमनदी संरक्षण’ भन्ने नाराका साथ विविध जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइँदैछ।

राष्ट्रपतिले पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको उल्लेख गर्दै पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकसित भएको स्मरण गर्नुभएको छ। उहाँका अनुसार जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

भूमिगत जलस्रोतलाई महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा उल्लेख गर्दै राष्ट्रपतिले यसले पारिस्थितिक प्रणालीलाई दिगो बनाउन, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्‍याउने बताउनुभएको छ।

तर बढ्दो शहरीकरण, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तन र प्रदूषणका कारण पानीका स्रोतहरू नष्ट भइरहेको भन्दै उहाँले जलस्रोत तथा नदी प्रणालीको संरक्षणका लागि समयमै पूर्वसूचना प्रणालीको प्रयोग गरी प्राकृतिक विनाश तथा जनधनको क्षति न्यूनीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

भूमिगत जलस्रोतको अतिदोहन तथा शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह घट्दै गएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ।

साथै, अव्यवस्थित मानव वस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ।

उहाँले भविष्यमा आउन सक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै जलाधार क्षेत्रको संरक्षण, ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाहरूको निर्माण तथा शहरी क्षेत्रमा वर्षातको पानी संकलनमार्फत पुनर्भरणका उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै, प्राचीन तथा आधुनिक प्रविधिको संयोजन गरी जलाशययुक्त योजना बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

राष्ट्रपति पौडेलले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य हासिल गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार