बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ कम हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया