असार २२, २०८२ आइतबार July 6, 2025

स्रोत नभएका र परिणाम नदिने योजना कटौती गरौँ : सभामुख घिमिरे

परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशिल ढंगले सोच्नु पर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत ११ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा सोमबार आयोजित १६औँ योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी आन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरु बजेटमा ल्याउन नहुने बताउनुभयो ।

उहाँले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने बताउनु भयो । आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरु ल्याउनु पर्ने उहाँको भनाइ छ । उहाँले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरु सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरु बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी आत्मनिर्भरताको बाटोमा गइरहेका छैनौँ, त्यस ढंगले विकास गर्ने हिसाबले गइरहेका छैनौँ । अब नेपालले के सोच्नै पर्छ भने भौतिक पूर्वाधाको अतिरिक्त मेनपावर राम्रो उत्पादन गर्ने त्यो मेन पावरलाई देश विकास गर्ने काममा सहजीकरण गर्ने र उसले यहाँ बसेर राष्ट्रिय उत्पादन गर्ने, उत्पदकत्व बढाउने र व्यापार घाटा नियन्त्रण गर्दै जाने आत्मनिर्भरताका आधारहरु बनाउने  यो क्षेत्रमा जानका लागि विशेष योजनाहरु बनाइनुपर्छ ।

विशेष बहस र छलफलहरु त्यसका हुनुपर्छ । त्यो सम्भव छ कि छैनबाटै शुरु गर्नुपर्छ । त्यतारितको प्लानिङहरु हुनु जरुरी छ । र १९ खर्बको जहाँसम्म चर्चा गरी रहँदा भने म यो छलफल कार्यक्रममा के भन्न चाहन्छु भने यथार्थमा आधारित भएर चल्ने अठोट गरौँ । हुन नसक्ने योजनाहरु हुन सक्दैन भनौँ । तर धान्न सक्ने  परिणाम दिन सक्ने गरौँ । १८ को ठाउँमा १५ खर्ब गरौँ जति सकिन्छ त्यति गरौँ । कयौँ कटौति गरौँ हाम्रो रियालिटी त्यही हो त्यसैमा जाऔँ ।’’

सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भुमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने पनि बताउनुभयो । उहाँले परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशिल ढंगले सोच्नु पर्ने औल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘वल्र्ड वाइड्ली विकास निर्माणको सन्दर्भमा सांसद भनेको के हो ?  सांसद विकास निर्माणमा कसरी जोडिन्छ ? उ नीति निर्माणमा मात्रै जोडिन्छ कि योजना पास गर्ने ठाउँमा जोडिन्छ कि ?  योजना लिए जानेमा जोडिन्छ कि ?  उसको सिफारिसमा योजनाहरु बन्छ कि ? अथवा यो कहाँबाट टुङ्ग्याउँछ ?  हाम्रो जस्तो मुलुकमा कसरी गछौँ ?  हाम्रा आफ्नै खालका परम्पराहरु पनि बुझेरै आएका छौँ ।

तर सांसदको योजना निर्माण र योजना कार्यान्वयनमा  भुमिका के हुनुपर्छ भन्ने सन्दर्भमा मलाई लाग्छ हामीले धेरै बहस र छलफल गर्नुपर्छ । धेरै गर्न पर्छ भन्दाखेरि हामी जे परम्परागत रुपमा जाँदै छौँ यो कुराहरुलाई सिर्जनशील ढंगबाट सोच्न सकेनौँ भने हामीले हाम्रा आवशयकता पूर्ति गर्ने गरी हाम्रो जे रिसोर्सहरु छ त्यसलाई परिचालन गरेर जान गाह्रो हुन्छ भन्ने कुरा म देख्छु ।’’

सभामुख घिमिरेले योजना आयोगले पुरानै ढाँचामा नयाँ र महत्वपूर्ण योजना प्रश्तुत गरेको बताउनुभयो । उहाँले योजना आयोगले योजना प्रस्तुत गर्दा नीति निर्माण स्थल संसदमा व्यापक छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार