बैसाख ९, २०८२ मंगलबार April 22, 2025

सुनको मूल्य तीन दिनदेखि घटेको घट्यै

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार तीन सय रूपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन तोलमा १ लाख ७३ हजार पाँच सय रूपैयाँमा कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने आज पनि स्थिर नै रहेको छ । सोमबार तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया