काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै बुधबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार उक्त सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया