असार २२, २०८२ आइतबार July 6, 2025

नरैनापुर आगलागीबाट ५० लाखको क्षति

आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर खरानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज, १३ चैत : बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् । नरैनापुर–४ जयरामपुर्वामा मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरुलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिनुभयो । हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार