असार २२, २०८२ आइतबार July 6, 2025

अझै सुचारू भएन प्रतिनिधिसभा बैठक

सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि हल निस्कन नसक्दा बैठक अझै सञ्चालन हुन सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेको छैन ।आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसकेको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक हिजोवाट स्थगित भएको बैठक अझै सुचारू हुन नसकेको हो ।

बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि हल निस्कन नसक्दा बैठक अझै सञ्चालन हुन नसकेको हो ।

प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने हिजै बताइसकेका छन् ।

तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसदमा गएर जवाफ दिनु पर्ने राखिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार