असार २२, २०८२ आइतबार July 6, 2025

संसद् बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेभनिएपनि सहमति जुट्न नसक्दा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । १७ गते (आइतबार) ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको थियो ।

तर, सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुट्न सकेन ।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन् ।

तर, प्रधानमन्त्री ओली भने जवाफ दिने पक्षमा छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया