काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको ईद (ईद-उल-फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।
इदका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास लिएको बताएका छन्।
उनले सामाजिक एवम् सांस्कृतिक विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे।
साथै उनले यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना व्यक्त गरेका छन्।
ईद (ईद-उल-फित्र) पर्वलाई मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ।
ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ। सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया