असार २१, २०८२ शनिबार July 5, 2025

तीनकुने घटनामा थप ६ जना पक्राउ

आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् ।

उनीहरू आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराले बताए ।

योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरूको पक्राउ पर्ने संख्या ७३ पुगेको छ । चैत १५ गते दुर्गा प्रसाईँको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार