असार २२, २०८२ आइतबार July 6, 2025

पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान

चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको सङ्ख्या १०२ पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), २८ चैत । खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान थालिएको हो ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषधको रोकथामको लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए । “लागुऔषधको रोकथाम तथा नियन्त्रण एकल प्रयासले सम्भव हुन्न । त्यसैले सामूहिक प्रयास गर्नका लागि सबैले हातेमालो गर्न जरुरत छ ।” वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लागुऔषधको दुव्र्यसनी रोकथामको लागि पर्साका सबै पालिका एकजुट भएरअघि बढ्नुपर्ने बताए ।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले लागुऔषधको कारोबारीले पर्सा जिल्लालाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आइरहेकाले त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक हुने बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी २६९ मुद्दा दर्ता भएको थिए । चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको सङ्ख्या १०२ पुगेको छ । पर्सा प्रहरी हिरासतमा रहेका ५५ जनामध्ये २७ जना लागुऔषध मुद्दाका अभियुक्त हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार