बैसाख ७, २०८२ आइतबार April 20, 2025

जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), २९ चैतः निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो ।

सिनो हाइड्रो लिमिटेडले एक सय ९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुङमार्फत आउने पानीले रोटरलाई हिर्काउँछ र रोटर घुमेर विद्युत् उत्पादन हुन्छ । विद्युत्गृहभित्रको काम अन्तिम चरणमा पुगेको छ । अब विद्युत्गृह सञ्चालनको तयारी अवस्थामा पुगेको छ ।”

जलविद्युत् आयोजनाको तीन चरणमा काम भइरहेको छ । भण्डारीका अनुसार चरण–१ अन्तर्गत बाँध निर्माणमा ३६.१५ प्रतिशत र चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७५ प्रतिशत प्रगति भएको छ । चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने कार्यमा ढिलाइ हुँदा काम प्रभावित भएको आयोजनाका प्रमुख भण्डारीले बताउनुभयो । त्यसका लागि आयोजनाले सम्बन्धित निकायसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापनलगायतमा कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने आयोजना कार्यालयले जनाएको छ ।

उक्त रकम एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल् विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार