असार २२, २०८२ आइतबार July 6, 2025

महाधिवेशन टार्न खोज्ने काम आत्मघाती – नेता कोइराला

‘एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् ।

नयाँ वर्ष २०८२को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औंल्याए । सन्देशमा नेता डा. कोइरालाले भनेका छन्, ‘एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।’

अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ ले पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गर्नुभएको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरुमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिए ।

उनले भनेका छन्, ‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटी हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ ।’ राजनीतिमा देखिएको विकृति विसङ्गतिको उपचारको खोजी पार्टीभित्रबाट खोजिनु पर्ने मान्यता राख्दै आएका उनले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औंल्याए ।

भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धिकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार